एमाले संसद पुनःस्थापनाको पक्षमा, विदेशी शक्तिलाई रिझाउन एमालेमाथि आक्रमण – नेताहरू

एमाले संसद पुनःस्थापनाको पक्षमा, विदेशी शक्तिलाई रिझाउन एमालेमाथि आक्रमण – नेताहरू

कपिलवस्तु ।

नेकपा (एमाले) शिवराज नगर कमिटीले आयोजना गरेको चाडपर्व तथा चियापान कार्यक्रममा एमाले केन्द्रिय सदस्य एवम् कपिलवस्तु जिल्ला ईन्चार्ज गिरधारिलाल न्यौपानेले एमाले र देश माथि भइरहेको आक्रमण विदेशी स्वार्थसँग जोडिएको बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै इन्चार्ज न्यौपानेले एमाले संसद पुनःस्थापनाको पक्षमा रहेको बताउनुभयो । एमाले विध्वंस होइन, विकास र जनविश्वासको पक्षमा उभिएको पार्टी रहेको उल्लेख गर्नु भयो । जनताको भरोसा जित्न काम र व्यवहार नै हाम्रो मूल मन्त्र हो । लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाभिमानका लागि अब जनआन्दोलनको विकल्प अरु नभएको उहाँले बताउनु भयो ।

एमालेका पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य बलराम अधिकारीले हाल एमालेलाई कमजोर पार्ने षड्यन्त्र विदेशी शक्तिलाई रिझाउनका लागि गरिएको बताउनुभयो । जेन्जीको नाममा केही दलाल र देशद्रोहीहरू विदेशी शक्तिसँग मिलेर देशलाई तहसनहस पार्ने प्रयासमा लागेको उहाले बताउनु भयो । नेपाली जनताको हितमा काम गरेको देख्न नसक्नेहरूले अन्तर्राष्ट्रिय शक्तिको सायताले एमालेलाई सत्ताबाट हटाउने खेलमा यो आन्दोलन गरेको उहाँले बताउनु भयो ।

लुम्बिनी प्रदेशसभा सदस्य नेत्रराज अधिकारीले कठिन परिस्थितिमा पनि एमाले विचलित नहुने उल्लेख गर्दै भन्नुभयो, “एमाले कुनै पनि बहानामा कमजोर हुँदैन, कठिन परिस्थितिमा पनि एमाले उभिने पार्टी हो । जसले पार्टीबाट लाभ लिन्छ, त्यही पछि गएर पार्टीलाई गाली गर्छ, तर सच्चा कार्यकर्ता कहिल्यै विचलित हुँदैन । यो अवस्थामा विभिन्न बाहानामा राजिनामा दिनेहरु एमाले हुन नसक्ने बताउनु भएको थियो ।

त्यसैगरी, लुम्बिनी प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री अर्जुन कुमार केसीले वर्तमान राजनीतिक अस्थिरता देशको दीर्घकालीन विकासका लागि घातक रहेको बताउनुभयो । एमालेमाथि भएको आक्रमण केवल पार्टीमाथि होइन, राष्ट्रिय स्वाभिमानमाथि भएको आक्रमण भएको केसिले बताउनु भयो ।

एमालेले विकास, सुशासन र राष्ट्रिय स्वार्थको पक्षमा काम गरेको देखेर विदेशी स्वार्थ र अवसरवादी शक्तिहरू असहज बने पछि आन्दोलन रचेको उल्लेख गर्नु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ