कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ९मा अवस्थित कल्याणकोट कृषि सहकारी संस्थाले आफ्नो १०औ साधारणसभा समपन्न गरेको छ । शिवराज नगरपालिका वडा नं ९ को तुरुन्तपुर टोलमा रहेको संस्थाको कार्यलयमा एक भव्य कार्यक्रमको आयोजना संस्थाले गरी १० औ साधारणसभा समपन्न गरेको हो ।

संस्थाका अध्यक्ष खिमा जीसीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिका वडा नं ९ का कार्यवाहक अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सरिता सुनारले संस्थाका सदस्यहरुलाई श्रीमानले कमाएको बचत गर्ने मात्र नभई आफैले पनि आर्थिक आम्दानीका लागी बिभिन्न प्रयासहरु गर्नु पर्ने बताउनु भयो ।आफैले आम्दानी गर्न सके मात्र सजिलै आफुलाई मन पर्ने शिर्षकमा खर्च गर्न सकिने र हिसाब पनि देखाउन नपर्ने भएकोले अरुको कमाईमा मात्र भर नपरी स्वयम आत्म निर्भर बन्न सके परिवारलाई घर खर्चमा समेत सहज हुने वहाको तर्क छ ।
उहाले अब महिलाहरु सरकार प्रमुख बन्ने समय पनि भएको बताउनु भयो महिलाहरु सक्षम हुदा हुदै पनि पुरुषको भर पर्ने बानीले महिला पछि परेको बताउदै अब महिलाले नेतृत्व लिन तयार हुनु पर्नेमा उहाको जोड थियो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यलय सुन्दरीडाडाका प्र.स.नि.लिल बहादुर राना वडा सदस्य लक्ष्मि भट्टराई समाजसेवी तथा मनकामना सहकारी संस्थाका सल्लाकार हरी श्रेष्ठ, मनकामना सहकारी संस्थाका अध्यक्ष रमिला सुबेदी, मनकामना सहकारी संस्थाका व्य तुलमाया श्रेष्ठ, मनकामना सहकारी संस्थाका सस्थापक अध्यक्ष चमेली चौधरी,भान्सरी भन्डारी लगायतको आतिथ्यता तथा संस्थाको उल्लेख्य सदस्यहरुको उपस्थितीमा भएको थियो,। कर्यक्रममा संस्थाकि व्यवस्थापक दिलमाया थापाले ४ करोड भन्दा धेरैको आर्थिक प्रतिवेदन वाचन गर्नु भएको थियो ।














