खरेन्द्रपुरमा गाउँघर कफि एन्ड किचन सञ्चालन।।

खरेन्द्रपुरमा गाउँघर कफि एन्ड किचन सञ्चालन।।

कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा ‘गाउँघर कफि एन्ड किचन’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। स्थानीय युवा व्यवसायी खगेन्द्र भुसालले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने र स्वदेशी स्वादलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित कफि–किचन सेवा शुरू गरेको जानकारी दिनुभयो।

नव–सञ्चालित कफि एन्ड किचनमा गुणस्तरीय खाजा नास्ता तथा खानाको साथै माछा–मासुका विभिन्न परिकार, अर्डर अनुसारका खाना समेत उपलब्ध हुने भुसालले बताउनुभयो। स्वच्छ वातावरण, गुणस्तरीय सेवा र परिवारमै बसेर खानपिन गर्न उपयुक्त माहोल उपलब्ध गराउने लक्ष्यसहित सेवा सञ्चालन गरिएको कफि–किचनका संचालक भुसालले जानकारी गराउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ