सही तथ्यांकले मात्र सही कार्यक्रम र बजेट निर्माण हुने प्रदेश याेजना आयाेगका उपाध्यक्ष अर्यालकाे भनाई ।।
प्रदेश याेजना आयाेगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले सही तथ्याङले मात्र सही कार्यक्रम र बजेट निर्माण हुन सक्ने बताउनु भएकाे छ । सेवा फाउन्डेसन नेपालकाे सहकार्यमा प्रदेश याेजना आयाेगले आज शुक्रबार दाङ-देउखुरीकाे भालुवाङमा आयाेजना गरेकाे लुम्बिनी प्रदेश तथ्यांक व्यवस्थापन सुचना प्रणाली कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनु भएकाे हाे ।
उपाध्यक्ष अर्यालले सरकारकाे नीति, कार्यक्रम र बजेट बनाउँदा तथ्यांकलाई पहिलाे प्राथमिकतामा राख्नुपर्ने बताउनुभयाे । बिना तथ्यांककाे नीति, कार्यक्रम र बजेट प्रभावकारी नहुने तर्क गर्न भयाे । उहाँले तथ्याङ सबै भन्दा महत्त्वपूर्ण बिषय भएकाे बताउँदै बिना तथ्याङकाे काम गर्नु र अध्याराेमा लठ्ठी लिएर हिड्नु एउटै भएकाे बताउनुभयाे ।
उहाँले अहिले पनि सरकार संग प्रर्याप्त मात्रमा तथ्यांक नरहेकाेले सरकारकाे काम नतिजामुखी नदेखिएकाे बताउनुभयाे । उहाँले प्रदेश सरकार दाेस्राे आवधिक याेजना निर्माणकाे चरणमा रहेकाे र यस पटककाे आवधिक याेजना निर्माणमा तथ्यांकलाई पहिलाे प्राथमिकता राखेर निर्माण गरिने बताउनुभयाे ।
कार्यक्रममा प्रदेश याेजना आयाेगका पूर्व उपाध्यक्ष तथा टिम लिडर डा.नहकुल केसीले तथ्याङ र सरकारकाे नीति तथा कार्यक्रमकाे सम्बन्ध, तथ्यांककाे आवश्यकता, महत्त्वपूर्ण लगायतका बिषयमा प्रस्तुतिकरण गर्नु भएकाे थियाे । साथै उहाँले तथ्यांक संकलनकाे चरण, अवस्था, अवधि र तथ्यांकले विकास निर्माण तथा समाज रूपान्तरमा पार्न सक्ने प्रभाव लगायतका बिषयमा जानकारी समेत गराउनु भएकाे थियाे ।
कार्यक्रममा सामुदायिक क्याम्पस महासंघ लुम्बिनी प्रदेशका संयाेजक युवराज रावत, गैरसरकारी संस्था महासंघ नेपाल लुम्बिनी प्रदेशका कार्यक्रम संयाेजक केशब भुसाल र एसिया फाउन्डेसन परामर्शदाता सन्देश शर्मा र पत्रकार सन्ताेषकुमार गुप्ता लगायतका बक्ताहरूले बाेल्नु भएकाे थियाे । कार्यक्रमकाे सहजीकरण फाउन्डेसनका कार्यकारी निर्देशक शशी पन्थीले गर्नु भएकाे थियाे ।















