आत्महत्या रोकथाम तथा मानसिक सुस्वास्थ्यका लागि साइकल र्‍याली

आत्महत्या रोकथाम तथा मानसिक सुस्वास्थ्यका लागि साइकल र्‍याली
कपिलवस्तु ।

आत्महत्या रोकथाम तथा मानसिक सुस्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कपिलवस्तुको शिवराज नगरपालिकामा जनचेतनामूलक साइकल र्‍याली सम्पन्न भएको छ।

३५ अौ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत शनिबार आयोजित र्‍यालीको शुभारम्भ शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले गर्नुभएको थियो। ‘आशा जगाऔँ, जीवन बचाऔँ’ भन्ने मूल सन्देशसहित आयोजना गरिएको र्‍यालीले आत्महत्या न्यूनीकरण, मानसिक स्वास्थ्यको महत्त्व तथा जीवनप्रति सकारात्मक सोच विकास गर्न जनचेतना फैलाउने उद्देश्य राखेको थियो।
खरेन्द्रपुर चोकबाट सुरु भएको र्‍याली गुलरी, सितलापुर, थुनिहवा र मैटहवा हुँदै नयाँबस्तीमा पुगेर समापन भएको थियो। र्‍यालीका क्रममा सहभागीहरूले मानसिक स्वास्थ्यप्रति सचेत रहन, समस्यामा परेका व्यक्तिलाई सहयोग गर्न र आत्महत्या रोकथामका लागि समुदायस्तरबाट सकारात्मक पहल गर्न सन्देश प्रवाह गरेका थिए।
युवा कचहरी शिवराज नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रम सिद्धार्थ सामाजिक विकास केन्द्र र एक्सनएड नेपालको सहयोग तथा शिवराज नगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ