आठौ साईनिङ्ग स्टार कप साउन १५ देखि शुरु

कपिलवस्तु –शिवगढी साईनिङ्ग स्टार युवा क्लबले आठौ शिवगढी साईनिङ्ग स्टार कप २०८२यहि साउन १५ गते देखि शुरु गर्ने भएको छ ।
स्वस्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ क्लबले बिगत सात बर्ष अघि देखि कृष्णजन्म अष्टमीको अवसर पारेर क्लबले खेलको आयोजना गर्दै आएको छ ।

स्वस्थ युवा जनशक्ति उत्पादन ,वडाका विभिन्न पर्यटकीय ,तथा धार्मिक स्थलहरुको प्रचारप्रसार गर्ने उदेश्यका साथ कृष्ण जन्म अष्टमीको अवसर पारेर क्लबले यस प्रतियोगितालाई निरंतरता दिदै आएको छ ।
यस बर्ष क्लब स्तरीय फुटबल प्रतियोगिता ,महिला, अन्डर फोर्टिन, तिस बर्ष नाघेका खेलाडीहरुको बिच प्रतियोगिता हुने आयोजक संस्थाका अध्यक्ष लाल बहादुर रोका प्रकाशले जानकारी दिनु भयो ।

प्रतियोगिता क्लब स्तरीय भएका कारण खेलाडीहरु क्लब भित्रका हुनु पर्ने क्लबका अध्यक्ष रोकाले बताउनु भयो । प्रतियोगिताका बिजेता उपबिजेताले नगद साईनिङ्ग स्टार कप प्रमाणपत्र मेड्ल पाउने छन भने तिस बर्ष माथिका बिजेताले बोका जित्ने रोकाले जानकारी दिनुभयो । १५ गते बिहीबार १२ बजे शिवराज नगरपाकिा वडा नं ९ का वडा अध्यक्ष रामगोपाल चौधरीले उटघाटन गर्ने कार्यक्रम रहेको छ उटघाटन खेल धमौली एफ सी र चमोरबोझिया क्लबको बिच हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ