शिवशक्ति सामुदायिक बनको साधारणसभा र साईनिङ्ग स्टारको अधिवेशन समपन्न

शिवशक्ति सामुदायिक बनको साधारणसभा र साईनिङ्ग स्टार युवा क्लबको अधिवेशन समपन्न भएको छ ।

आईतबार संस्थाले साईनिङ्ग स्टार युवा क्लबको खेल मैदानमा एक कार्यक्रमको आयोजना गरी शिवशक्ति सामुदायिक बन उपभोक्ता समितीको साधारणसभा र साईनिङ्ग स्टार युवा क्लबको अधिवेशन समपन्न गरेको हो ।

शिवशक्ति बन उपभोक्ता समितीको अध्यक्ष प्रेम बहादुर रोका को अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै डिभिजन बन अधिकृत शिवनन्दन शाहले शिवशक्ति बनले अलि ढिलो भए पनि आफ्नो साधारणसभा समपन्न गरेकोमा धन्यबाद व्यक्त गर्नु भयो उहाले सामुदायिक बन भित्र रहेको बुढा रुखहरु हटाएर त्यहा नया बिरुवा उत्पादन गरी नया पुस्तालाई राम्रो अवस्थामा बन सुम्पनु पर्ने बताउनु भयो ।

त्यसबाट संकलन भएको आर्थिकलाई बन संरक्षण,महिला सशक्तिकरण,गाउ ठाउमा हुने समस्यहरु लगायतमा प्रयोग गर्न उहाको सुझाव थियो ।
यसै गरी पुर्व वडा अध्यक्ष चुर बहादुर खडकाले गाउका ससना समस्यहरु एक अर्कामा मिलेर समाधान गर्नु पर्ने बताउनु भयो आज भोली टोलमा भईरहेको बिकाशका काममा स्थानीय नै बाठो बनेर अनाबश्याक बखेडा निकालेर बिवाद गर्दा त्यस खालको गतिबिधीले भईरहेको काममा समेत अवरोध पुग्ने गरेको गुनासो उहाको छ । अहिले सम्म गाउ टोलको बिकाशमा सिन्को नभाचेकाले सामाजिक संजालमा अनेकौ भ्रम समेत छर्ने गरेको र आगामी दिनमा त्यसो नगर्न उहाको चेतावनी छ ।

साईनिङ्ग स्टार युवा क्लबको अधिवेशनले भने आज नया कार्य समिती चयन गर्न सकेन अध्यक्ष लाल बहादुर रोका मगरले नया कार्य समितीको लागी राजीनामा दिएर मार्ग प्रसस्त गरेका छन संस्थाले आगामी मंसिर मसान्त भित्र नया पदाधिकारीहरु चयन गर्ने गरी तयारी भएको छ ।

कार्यक्रममा पुर्व वडा अध्यक्ष चुर बहादुर खडका,ईलाका प्रहरी कार्यलय सुन्दरीडाडाका प्र.स.नि.लिल बहादुर राना वडा सदस्य राम नरेश चौधरी,जोख बहादुर पुन,शिव आधारभुत बिद्यालयका शिक्षिका जानका भुसाल,शिवगढी खानेपानी तथा सरसफाई समितीका अध्यक्ष जय नारायण पुन,समाजसेवी कुमार घर्ति,जमानसिह रोका,तुलसीराम थारु,गुरु प्रसाद थारु,भगवती थारु,प्रेम बहादुर सेन लिल बहादुर राना,प्रमोद केवट,हिम बहादुर बिष्ट लगायतको उपस्थिती रहेका थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ