कपिलवस्तु – सुर्यमुखी युवा क्लब साईनिङ्ग स्टार कपको फाईनल प्रवेश गरेको छ ।

बुधबार शिवगढी साईनिङ्ग स्टारको खेल मैदानमा ४ बजे देखि शुरु भएको अन्तिम खेलमा आयोजक शिवगढी साईनिङ्ग स्टारलाई ० को विरुद्ध २ गोल गर्दै सुर्यमुखी युवा क्लब फाईनल प्रवेश गरेको हो । हारसंगै शिवगढी साईनिङ्ग स्टार भने यस बर्षको उपाधि होडबाट बाहिरिएको छ ।

अब सुर्यमुखीले बिहीबार युनाइटेड धानखोला र शिवगढी स्पोर्टिङ तुरुन्तपुर बिच हुने अन्तिम सेमिफाइनलको बिजेतासंग ३० गते फाईनल खेल्ने छ ।
बिहिवार बिहान ७ बजे सुर्यमुखी युवा क्लब र गोल्डेन स्टार युवा क्लब अन्डर फिप्टिन १ बजे नवसृजनशिल भगवानपुर र सुर्यमुखीले भेट्रान तर्फको सेमिफाइनल खेल्नेछ ३ बजे युवा क्लब तर्फ युनाइटेड धानखोला र शिवगढी स्पोर्टिङ तुरुन्तपुर र अन्तिम खेल सिइनिङ्ग स्टार युवा क्लब र नमुना ज्योति युवा क्लबले भेट्रान खेल्ने आयोजकले जानकारी दिएको छ

बुधबार २ बजे देखि शुरु भएको भेट्रान तर्फको अन्तिम क्वटरफाइनलमा सुर्यमुखीले शिवशक्तिलाई १ को विरुद्ध २ गोल गर्दै सेमिफाइनल पुगेको छ।














