कपिलवस्तु को चार ठाउँमा राष्ट्रिय जनमोर्चा को सभा सम्पन्न,
कपिलवस्तु , तौलिहवा
राष्ट्रिय जनमोर्चा कपिलवस्तुले जिल्ला को ४ ठाउँमा कोण सभा सम्पन्न गरेको छ । जिल्लाको कृष्णनगर मा भएको सभा लाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदै ले नेपालमा अब पारिवारिक नचल्ने बताउनु भएको छ, उहाँले राष्ट्रिय जनमोर्चा ले संघीयता बिदेशी चलखेल बाट आएको हो भन्ने दाबी लाई अमेरिकी राष्ट्र पती डोनाल्ड ट्रम्प ले प्रमाणित गरिदिए को बताए, कृष्णनगरको सभा को सञ्चालन राष्ट्रिय जनमोर्चा जिल्ला कोष अध्यक्ष केर सिंह पुन ले गर्नु भएको थियो, यसै गरी बहादुरगंज को सभालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का केन्द्रिय प्रतिनिधि राम बहादुर विक ले सम्बोधन नेपालमा राजतन्त्र ल्याउन वर्षौं देखि राजतन्त्र बात स्वार्थ लिएका, जमिन्दार वर्ग र नबुझेका युवा ले प्रचार गरेको बताउँदै नेपाली जनता सचेत हुनु पर्ने बताउनु भयो, उक्त कार्य क्रम को सञ्चालन केहर सिंह पुन ले गर्नु भएको थियो, यसै गरी शिवराज नगर पालिका को रुद्रपुर चोक मा भएको सभा लाई राष्ट्रिय जनमोर्चा का जिल्ला कोष अध्यक्ष केहर सिंह पुन ले सम्बोधन गर्नु भएको थियो, भने सञ्चालन राम बहादुर विक ले गर्नु भएको थियो, यसै गरी विजय नगर को फरेनी चोक मा सम्पन्न सभालाई राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदै र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का प्रतिनिधि राम बहादुर विक ले सम्बोधन गर्नु भएको थियो, भने सञ्चालन केहर सिंह पुन ले गर्नु भएको थियो ।














