
कपिलवस्तु –शिवगढी साईनिङ्ग स्टार युवा क्लबको आठौ शिवगढी साईनिङ्ग स्टार कपको पहिलो खेलमा धमौली एफ सि बनेको छ ।
साईनिङ्ग स्टार युवा क्लबको खेल मैदान रमुवादहमा भएको पहिलो तथा उटघाटन खेलमा चमरबोझिया एफ सी लाई पराजित गर्दै आठौ संस्करणको पहिलो बिजेता धमौली बनेको हो ।
स्वस्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ क्लबले बिगत सात बर्ष अघि देखि कृष्णजन्म अष्टमीको अवसर पारेर क्लबले खेलको आयोजना गर्दै आएको छ ।
स्वस्थ युवा जनशक्ति उत्पादन ,वडाका विभिन्न पर्यटकीय ,तथा धार्मिक स्थलहरुको प्रचारप्रसार गर्ने उदेश्यका साथ कृष्ण जन्म अष्टमीको अवसर पारेर क्लबले यस प्रतियोगितालाई निरंतरता दिदै आएको छ ।

स्वस्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नारालाई सार्थक बनाउन युवाहरु नै सचेत हुनु पर्ने वडा अध्यक्ष रामगोपाल चौधरीले बताउनु भयो । पछिल्लो समय युवाहरु खेल क्षेत्रबाट अलग भएको जस्तो र कुलत तर्फ अलि लागेको जस्तो लागेकोले यो राम्रो नभएको अध्यक्ष चौधरीको भनाई छ ।
पछिल्लो समय शिवराज देखि केही खेलाडी राष्ट्रिय स्तरमा समेत छनौट हुनु खेलाडीका लागी राम्रो खबर भएकोले सबै खेलाडीले मनोरन्जनका लागी मात्र नभई एउटा राम्रो खेलाडी बन्न समेत चौधरीले सुझाव दिनु भयो
प्रतियोगिताका बिजेता उपबिजेताले नगद साईनिङ्ग स्टार कप प्रमाणपत्र मेड्ल पाउने छन भने तिस बर्ष माथिका बिजेताले बोका जित्ने रोकाले जानकारी दिनुभयो । शुक्रबारबाट भने नियमित तिन खेल हुने आयोजकले जानकारी दिएको छ ।













