साईनिङ्ग स्टार कपको च्याम्पियन बन्यो सुर्यमुखी ।।

कपिलवस्तु -साईनिङ्ग स्टार कपको च्याम्पियन सुर्यमुखी युवा क्लब बनेको छ । शुक्रबार युनाइटेड धानखोलालाई पेनाल्टीमा पारजित गर्दै सुर्यमुखी च्याम्पियन बनेको हो ।

साईनिङ्ग स्टारको खेल मैदान रमुवादहमा भएको अन्तिम फाइनल खेलमा निर्धारित समयमा बराबरी भए पछि खेल पेनाल्टीमा पुगेको थियोे । पेनाल्टीमा युनाइटेड धानखोलालाई ५ को विरुद्ध ६ गोल गर्दै सुर्यमुखी च्याम्पियन बनेको हो ।
च्याम्पियन सुर्यमुखीले नगद ४० हजार २५ रुपैया साईनिङ्ग स्टार कप मेडल र प्रमाणपत्र पाएको छ

उपबिजेता युनाइटेड धानखोलाले नगद २१ हजार साईनिङ्ग स्टार कप मेडल र प्रमाणपत्र पाएको छ । ३० माथीको बिजेता पनि सुर्यमुखी बनेको छ फाईनलमा नमुनाज्योति हल्लानगरलाई १ को विरुद्ध ५ गोल गर्दै सुर्यमुखीले बोका जितेको छ उपबिजेता नमुनाज्योतिले भाले पुरस्कार

पाएको छ । महिला तर्फ जयबुद्ध सामाजिक युवा क्लब बिजेता बनेको छ फाईनलमा मदुवानगरलाई पेनाल्टी पराजित गरेर जयबुद्ध बिजेता बनेको हो बिजेता जयबुद्धले नगद ११ हजार कप मेडल र प्रमाणपत्र पाएको छ ।उपबिजेता मदुवानगरले पनि नगद ५ हजार कप मेडल र प्रमाणपत्र पाएको अन्डर फिप्टिन तर्फ गोल्डेन स्टार बिजेता बनेको गोल्डेन स्टारले आयोजक साईनिङ्ग स्टारलाई १ का विरुद्ध ४ गोल गर्दै बिजेता बनेको छ ।

बिजेता उपबिजेता टिमहरुलाई शिवराज गरपालिकाका वडा न ९ का वडा अध्यक्ष रामगोपाल चौधरी पुर्व वडा अध्यक्ष चुर बहादुर खडका खानेपानी तथा सरसफाई समितिको अध्यक्ष जयनारायण पुन क्लबका अध्यक्ष लाल बहादुर रोका प्रकाश लगायतले बिजेता उपबिजेताहरुलाई पुरस्कारले सम्मन गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर