साईनिङ्ग स्टार कपको फाईनल सुर्यमुखी र धानखोलाले खेल्ने ।

कपिलवस्तु-शिवगढी साईनिङ्ग स्टार कपको फाईनल सुर्यमुखी र धानखोलाले खेल्ने भएका छन ।बिहीवार शिवगढी साईनिङ्ग स्टार युवा क्लबको खेल मैदान रमुवादहमा भएको सेमीफाईनल खेलमा शिवगढी स्पोर्टिङ तुरुन्तपुरलाई पेनाल्टीमा पराजित गर्दै युनाइटेड धानखोलाले फाईनलमा सुर्यमुखीसंगको भेट पक्का गरेको हो ।

शुक्रबार युनाइटेड धानखोलाले सुर्यमुखीसंग उपाधिको लागि खेल्ने छ ।
पहिलो हाफमा निकै दबाब बनाएको शिवगढी स्पोर्टिङले केही राम्रो अवसर पाए पनि गोल गर्न नसके पछी खेल पेनाल्टीमा पुगेको हो युनाइटेड धानखोलाले पनि दोस्रो हाफमा केही राम्रो अवसरको सदुपयोग गर्न नसक्दा खेल पेनाल्टीमा पुगेको थियो ।

बिहान ७ बजे भएको अन्डर फिप्टिन तर्फको खेलमा सुर्यमुखीलाई ५-० ले ३० माथिको सेमिफाइनलमा नवसृजनशिललाई ० को विरुद्ध ६ गोल र अन्तिम खेलमा आयोजकलाई ० को विरुद्ध २ गोलले पराजित गर्दै फाईनल प्रवेश गरेको आयोजकले जानकारी दिएको छ

शुक्रबार अन्डर फिप्टिन तर्फ साईनिङ्ग स्टार र गोल्डेन स्टार महिला तर्फ जयबुद्ध सामाजिक युवा क्लब र मदुवानगर फुटबल क्लब ३० माथि तर्फ सुर्यमुखी युवा क्लब र नमुनाज्योति युवा क्लब र क्लब स्तरीय प्रतियोगितामा सुर्यमुखी र युनाईटेड धानखोलाले उपाधिका लागि खेल्नेछन

शुक्रबार नै आठौं शिवगढी साईनिङ्ग स्टार कपको पुरस्कार बितरण तथा समापन कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ