
कपिलवस्तु –नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुल प्रसाद के सीले नेकपा माओवादी केन्द्र शिवगढीका नेता तथा कार्यकर्तासंग बिहीबार भेटघाट गर्नु भएको छ बिहिवार बिहान शिवराज नगरपालिका वडा न ९ का पुर्व वडा अध्यक्ष चुर बहादुर खड्काको निवासमा शिवगढीका नेता तथा कार्यकर्तासंग भेटघाट गर्नु भएको हो ।
भेटघाटको क्रममा पछिल्लो राष्ट्रिय राजनीतिमा भइरहेको उतारचढाव र संभावना बारे जानकारी गराउनु भएको थियोे ।
पार्टी सरकारमा रहँदा हासिल गरेका उपलब्धि, त्यसपछिको खबरदारी अभियान तथा जनसङ्गठनहरूले सञ्चालन गरेका गतिविधिका कारण माओवादीप्रति जनविश्वास पुनः बढेको के सीले बताउनु भयो ।
अब सबै नेता–कार्यकर्ता गाउँबस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्नुपर्ने,पार्टीभित्र आत्मसमीक्षा र आलोचना–आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउनु पर्ने । विगतका कमजोरीको समीक्षा गर्दै जनताको दैनिकीसंग प्रत्यक्ष जोडिनु पर्ने पनि के सीले बताउनु भयो ।
भेटघाटका क्रममा शिवगढीका नेता कार्यकर्ताले मिनी रोल्पा नामले परिचित शिवगढीमा भईरहेको पछिल्लो राजनितिक घटना क्रम शिवगढीको समस्य र शिवगढीलाई पार्टीका नेताहरुले पहिचान गर्न नसकेको हो भन्ने गुनासो राखेका थिए ।
भेटघाटका लागी नेकपा माओवादी केन्द्रका नगर ईन्चार्ज दिनेश पुन मगर,नगर अध्यक्ष चुर बहादुर खड्का, शिवराज नगरपालिका वडा ९ का वडा अध्यक्ष रामगोपाल चौधरी वडासमिती ईन्चार्ज प्रेम रोका अध्यक्ष गणेश गुरुङ्ग लगायत ९ न वडाका नेता तथा कार्यकर्ता सहभागी थिए ।