विजयनगर–६ मा राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न
अध्यक्षमा पशुपति कलवार चयन
कपिलवस्तु
विजयनगर गाउँपालिका–६ उज्योलपुरमा आज राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न भएको छ। राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदैको प्रमुख आतिथ्यतामा तथा कमला कोरीको अध्यक्षतामा सम्पन्न भेलाले पशुपति प्रसाद कलवारको अध्यक्षतामा १७ सदस्यीय राष्ट्रिय जनमोर्चा विजयनगर–६ वडा समिति चयन गरेको छ।
उपाध्यक्ष सूर्य बहादुर जिसी, सचिवः अंगत कोइरी, सह–सचिव शिवप्रसाद केवत ,कोषाध्यक्ष सुमित्रा गन्धर्व, सदस्यहरूः चिनमुन कोरी, भुकुराम थारु, राधिका काहर, लक्ष्मी कलवार, विष्णु परिवार, श्याम दलारी कोरी, टौलेश्वर कुर्मी, सन्दीप काहर
सल्लाहकारः पतेस्वरी यादव, केतारे कोरी, चिन्ने कोरी, कमला कोरी भेलामा जिल्ला सचिव केर सिंह अदैले समसामयिक राजनीतिक परिस्थिति, जनमोर्चाको आन्दोलन तथा वर्तमान सरकारप्रति पार्टीको धारणा बारे प्रकाश पार्नुभएको थियो।
राष्ट्रिय जनमोर्चा विजयनगर गाउँपालिका अध्यक्ष गोविन्द परिवारले पनि कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभयो।
भेलापछि सहभागीहरूलाई सदस्यता प्रदान गरिएको थियो।समितिको प्रथम बैठकले गाउँसम्पर्क वृद्धि, सदस्यता वितरण लगायतका कार्यक्रम अघि बढाउने निर्णय गरेको छ।तत्कालीन राजमो वडा समिति अध्यक्ष विनोद काहरको गत जेठ महिनामा जण्डिसका कारण निधन भएको थियो।
कार्यक्रमको सञ्चालन पशुपति प्रसाद कलवारले गर्नुभयो भने स्वागत चिनमुन कोरीले गर्नुभएको थियो।














