नमुना सामुदायिक बनको अध्यक्षमा ईश्वर गिरी निर्विरोध निर्वाचित भएका छन ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ९मा रहेका नमुना सामुदायिक बनको २२औ साधारणसभा तथा अधिवेशनले ईश्वर गिरीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गर्दा उपाध्यक्ष यम बहादुर बिक सचिव सरस्वती थापा सहसचिव भगवति थापा मगर कोषाध्यक्षमा सृजना खत्री सदस्यमा श्याम बहादुर जि सी ,लाल बहादुर डागी, मन कुमारी पुन, र डवलसिङ्ग सुनारलाई निर्विरोध चयन गरेको हो ।
शिवराज नगरपालिका वडा नं ९ को बानियाभार टोलमा अवस्थित नमुना सामुदायिकले आफ्नै भवनमा एक कार्यक्रमको आयोजना गरी २२औ साधारणसभा तथा अधिवेशन समपन्न गरेको हो ।

कार्यक्रमलाई सम्बोदन गर्दै शिवगढी सव डिभिजन बन कार्यलय मगरघट्टाका प्रमुख रमतु चौधरीले अहिलेको उत्पादनलाई प्रयोग गर्दै पछिका पुस्तालाई यो भन्दा राम्रो हुने गरी हस्तरान्तण गर्ने गरी काम गर्नु पर्ने बताउनु भयो । यसका लागी बुढा पुराना रुखहरु निस्चित ठाउबाट हटाउने र त्यस क्षेत्रमा नया बिरुवाहरुलाई राम्रोसंग हुर्काएर र उत्पादनशिल बनमा रुपान्तरण गर्नुपर्ने चौधरीको भनाई छ आर्थिक पक्षलाई पारदर्शि बनाउदै संस्थालाई सामाजिक काममा जोडिन पनि प्रमुख चौधरीको आग्रह थियो ।

यसैगरी वडा अध्यक्ष रामगोपाल चौधरीले संस्थाले सामाजिक कार्यमा राम्रो प्रयास गरेको भन्दै आगामी कार्ययोजनामा टोलका बिभिन्न स्थानमा मर्मत तथा स्तर उन्नतिका योजनाहरु राखिनु प्रसंशनिय भएको बताउनु भयो आगामी दिनमा वडासंग समन्वय गरी अघि बढन अध्यक्ष चौधरीको सुझाव थियो ।
संस्थाका अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सव डिभिजन बन कार्यलय मगरघट्टाका प्रमुख रमतु चौधरीे प्रमुख आतिथी रहेको थियो कार्यक्रममा शिवराज नगरपालिका वडा नं.९ का अध्यक्ष रामगोपाल चौधरी, संस्थाका सल्लाहकार पनिराम रोका मगर ईलाका प्रहरी कार्यलय सुन्दरीडाडाका प्रमुख, समाजसेवी हरी श्रेष्ठ,युवा समाजसेवी रामु सुनार,दिलमाया थापा,सरस्वती माविका प्रअ बिक्रम केसी,समाजसेवी बम बहादुर केसी, शिवगढी खानेपानी तथा सरसफाई समितीका उपाध्यक्ष खिम बहादुर सुनार,समाजसेवी प्रमोद सुवेदी, लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो कार्यक्रममा संस्थाले १५ लाख७२हजार४सय ३७ बराबरको आर्थिक आयव्याय बिवरण समेत प्रस्तुत गरेको थियो ।














