बुद्धभूमि–१० मा कांग्रेस उम्मेदवार आचार्यको चुनावी भेटघाट कार्यक्रम

बुद्धभूमि–१० मा कांग्रेस उम्मेदवार आचार्यको चुनावी भेटघाट कार्यक्रम
कपिलवस्तु क्षेत्र नम्बर २ को बुद्धभूमि नगरपालिका–१० मा नेपाली कांग्रेसद्वारा आयोजना गरिएको अन्तरक्रिया तथा भेटघाट छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्रराज आचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार आचार्यले लोकतान्त्रिक मूल्य, समावेशी विकास र जनताको अधिकार सुनिश्चित गर्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले विगतका अनुभवबाट सिक्दै आगामी दिनमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले जनताको समस्या र आवश्यकतालाई नजिकबाट बुझ्न यस्ता प्रत्यक्ष भेटघाट कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै स्थानीयवासीको सुझाव र गुनासोलाई नीति तथा कार्यक्रममार्फत सम्बोधन गरिने आश्वासन दिनुभयो।

कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले क्षेत्रका विकासका आवश्यकता, सेवा–सुविधा विस्तार र सुशासनका विषयमा आफ्ना धारणा राखेका थिए।
कार्यक्रमले आगामी निर्वाचनमा कांग्रेसलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्दै समापन गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ