शिवराजमा रास्पाको अधिवेशनको तयारी पूरा

कपिलवस्तुको शिवराज नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गतको शिवराज नगर समितिको प्रथम अधिवेशन यही जेठ १६ गते शनिबार हुने भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तयारीसँगै नगरस्तरमा राजनीतिक चहलपहल समेत बढाएको छ।
नगर समितिका अध्यक्ष बालकृष्ण पाण्डेय ले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन्। शिवराजस्थित उमेरी थारु सङ्ग्रहालय मा आयोजना हुने अधिवेशनमा पार्टीका सदस्य, समर्थक तथा शुभेच्छुकहरुलाई सहभागी हुन आग्रह गरिएको छ।
अधिवेशनबाट नयाँ समिति चयन गरिने भए पनि वर्तमान अध्यक्ष पाण्डेयलाई पुनः नेतृत्वमा दोहोराउनुपर्ने आवाज पार्टीभित्र बलियो रूपमा उठिरहेको बताइएको छ। नगर समितिलाई सक्रिय बनाउन, संगठन विस्तार गर्न तथा युवापुस्तालाई पार्टीसँग जोड्न पाण्डेको भूमिका सकारात्मक रहेको भन्दै अधिकांश नेता तथा कार्यकर्ताले उनलाई पुनः अध्यक्ष बनाउनु पर्ने धारणा राखेका छन्।
रास्वपाको पहिलो नगर अधिवेशन भएकाले यसलाई शिवराज क्षेत्रको राजनीतिक दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ। अधिवेशनले आगामी दिनमा पार्टीको स्थानीय रणनीति, संगठन विस्तार र जनसरोकारका विषयमा थप स्पष्ट दिशा तय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ