रास्वपा शिवराज नगर समितिको नेतृत्वमा पुनः पाण्डे चयन ।

रास्वपा शिवराज नगर समितिको नेतृत्वमा पुनः पाण्डे चयन ।।

नवराज पौडेल कपिलवस्तु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शिवराज नगर समितिको अधिवेशनले बालकृष्ण पाण्डेलाई पुनः सभापतिमा सर्वसम्मत चयन गरेको छ।
शिवराज नगरपालिका–१ स्थित उमरी थारु संग्रहालयको सभाहलमा सम्पन्न अधिवेशनले नगर समितिको नयाँ नेतृत्व चयन गरेको हो। समितिको उपसभापतिमा फैजल खान, सचिवमा जिवलाल काफ्ले र सहसचिवमा मोहनकुमार बुढाथोकी सर्वसम्मत चयन भएका छन्।
अधिवेशनबाट महिला सदस्यमा सारदा खड्का, यमी पुन, मिना कुमारी पुरी, गुलाब जहाँ खातुन र शिला चौधरी चयन भएका छन्। त्यसैगरी पुरुष सदस्यमा प्रकाश बराल, खोमेन्द्र प्रसाद अधिकारी, सलिम मुसलमान, चुडामणि कामी र इर्साद खान चयन भएका छन्।
जिल्ला प्रतिनिधिमा जिवलाल पराजुली, बद्रीप्रसाद श्रीवास्तव र शरद अधिकारी चयन भएका छन्। महाधिवेशन प्रतिनिधिमा टुकलाल पौडेल र सन्तोष आचार्य तथा प्रदेश प्रतिनिधिमा राजेश कुमार चौधरी र दलर्जन केसी चयन भएका छन्।
अधिवेशनलाई सम्बोधन गर्दै रास्वपाका केन्द्रीय प्रशिक्षण विभाग सदस्य नारायण प्रसाद खनाल ले संगठनलाई जनतामाझ थप बलियो बनाउँदै सुशासन र जवाफदेहिताको अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताएका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा रास्वपाका केन्द्रीय सल्लाहकार विभाग सदस्य विष्णु हरि शर्मा ले नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै पार्टीलाई स्थानीय तहमा अझ प्रभावकारी रूपमा विस्तार गर्न आग्रह गरेका थिए।

कार्यक्रममा रास्वपाका नेता प्रकाश रजौरिया, मिर्जा रासिद लगायतले मन्तव्य राखेका थिए ।
अधिवेशनले आगामी कार्यकालका लागि सर्वसम्मत नेतृत्व चयन गर्दै संगठन सुदृढीकरण र जनपरिचालनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।

नवनिर्वाचित सभापति पाण्डेयले आफूलाई पुनः विश्वास गरेर जिम्मेवारी प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै पार्टीलाई वडा तहसम्म थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। अधिवेशनबाट सम्पूर्ण पदाधिकारी तथा प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन भएका हुन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ