भातृ संस्था परिचालनका लागी तिनै क्षेत्रमा सहसंयोजक चयन

भातृ संस्था परिचालनका लागी तिनै क्षेत्रमा सहसंयोजक चयन

नेपाली काँग्रेस कपिलवस्तुको भातृ संस्था तथा सुभेच्छुक संस्था परिचालन समितीले तिनै र्निाचन क्षेत्रमा सहसंयोजक चयन गरेको छ । समितिका संयोजक प्रकाश घिमिरेको नेतृत्वमा बिपी स्मृती भवन तौलिहवामा सम्पन्न बैठकले क्षेत्र नम्बर १ मा पदमप्रताप सेन, क्षेत्र नम्बर २ मा बालगोबिन्द त्रिपाठी र क्षेत्र नम्बर ३ मा अमर पौडेललाई सहसंयोजकको जिम्मेवारीमा चयन गरेको हो । त्यसै गरि बैठकले सबै भातृ र शुभेच्छुक संस्थाको क्षेत्रगत भेला सम्बन्धित निर्वाचन क्षेत्रमा गर्ने निर्णय समेत गरेको छ । क्षेत्र नम्बर १ अन्र्तगत माघ २१ गते बुधबार बिपी स्मृती भवन गजेहडा, क्षेत्र नम्बर २ को माघ २४ गते शनिवार तौलिहवा स्थित बिपी स्मृती भवन र क्षेत्र नम्बर ३ को माघ २२ गते कृष्णनगरमा भेला गर्ने निर्णय गरिएको भातृ संस्था तथा सुभेच्छुक संस्था परिचालन समिती संयोजक प्रकाश घिमिरेले जानकारी दिए । बिपीस्मृती भवन तौलिहवामा सम्पन्न बैठकमा नेपाली काँग्रेस पार्टीका भातृ र शुभेच्छुक संस्थाका प्रमुखहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर