सुपादेउराली शिवालय मन्दिर उद्घाटन, अध्यक्षमा पराजुली
नवराज पौडेल, कपिलवस्तु।
कपिलवस्तुको शिवराज नगरपालिका–३ मा नवनिर्मित श्री सुपादेउराली शिवालय मन्दिरको उद्घाटन, मूर्ति प्राणप्रतिष्ठा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले छविलाल पराजुलीको अध्यक्षतामा ११ सदस्यीय मन्दिर व्यवस्थापन समिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा सुरेश सापकोटा, सचिवमा कपिलदेव खनाल, कोषाध्यक्षमा तुलसा भट्टराई र सहसचिवमा केशर महतरा चयन भएका छन्। सदस्यमा चेतनारायण खनाल, चुरामणि तिवारी, शिव गैरे, हरि भट्टराई, सीमा जिसी र रूपा भुसाल रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथि पूर्व वन तथा वातावरणमन्त्री अर्जुनकुमार केसीले धार्मिक सम्पदाको संरक्षणले सामाजिक सद्भाव र सांस्कृतिक पहिचानलाई बलियो बनाउने बताए। शिवराज नगरप्रमुख अजय थापा, बुद्धभूमि नगरप्रमुख केशवकुमार श्रेष्ठ, विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापा र वडा नम्बर ३ का अध्यक्ष टेकलाल सापकोटाले मन्दिरको संरक्षण तथा व्यवस्थापनमा सामूहिक सहकार्य आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा सचिव कपिलदेव खनालले मन्दिरको हालसम्मको आयव्यय विवरण प्रस्तुत गरेका थिए। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पराजुलीको अध्यक्षता तथा बलराम मरासिनीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो।














