२५औ सुर्यमुखी कप पौष १९ देखि बिजेतालाई ८० हजार।।

२५औ सुर्यमुखी कप यही पौष १९ देखि शुरु बिजेताले नगद ८० हजार सुर्यमुखी कप प्रमाणपत्र र मेडल पाउने भएको छ ।

आईतबार संस्थाको आफ्नै भबनमा बसेको बैठक उक्त निर्णय गरेको हो बिकाश र परिबर्तनका लागी युवा अघि सरौ खेल संगै शिवगढीलाई पर्यटकीय स्थलको रुपमा बिकाश गरौ भन्ने मुल नारा सहित क्लबले बिगत २५ बर्ष देखि यस आयोजनालाई निरन्तरता दिदै आएको छ ।

संस्थाले यस बर्ष २५ बर्षको लामो गौरवमय यात्रालाई भव्य रजत महोत्सवको रुपमा मनाउने तयारी गरेको सस्थाका अध्यक्ष रमेश पुरीले जानकारी दिनु भयो ।
यस बर्ष पनि संस्थाले पुरुष,महिला,३० माथीको प्रतिस्पर्धा हुने जानकारी दिएको छ पुरुष तर्फ उपबिजेताले नगद ४० हजार सुर्यमुखी कप प्रमाणपत्र र मेडल,त्रितियले नगद २० हजार सुर्यमुखी कप प्रमाणपत्र र मेडल,महिला तर्फ बिजेताले नगद २५ हजार सुर्यमुखी कप प्रमाणपत्र र मेडल,उपबिजेताले नगद १२ हजार सुर्यमुखी कप प्रमाणपत्र र मेडल ,र ३० माथीको प्रतिस्पर्धाका बिजेताले बोका तथा उपबिजेताले २ओटा भाले पाउने छन ।

सस्थाले यस बर्ष बिभिन्न रमाईला खेल संस्कृतिक कार्यक्रम समेत गर्ने संस्थाले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ