लोकपप गीत ‘ए साइली’ हिमाल घर्ती मगर युट्युब च्यानलबाट सार्वजनिक हुँदै ।।
नेपाली लोकपप संगीत क्षेत्रमा नयाँ स्वाद थप्ने अपेक्षासहित बहुप्रतिक्षित गीत ‘ए साइली’ सार्वजनिक हुने भएको छ। मौलिक लोकभाका र आधुनिक संगीत शैलीको आकर्षक संयोजन गरिएको यस गीतले दर्शक तथा श्रोतामाझ विशेष स्थान बनाउने विश्वास गरिएको छ।
गीतमा चर्चित सर्जक तथा गायक हिमाल घर्ती मगर को शब्द, संगीत तथा स्वर रहेको छ। ग्रामीण परिवेश, माया–प्रेमका भावनात्मक कथा र नेपाली समाजको यथार्थलाई आधुनिक लोकपप शैलीमा प्रस्तुत गरिएको गीतले विशेषगरी युवापुस्तादेखि लोकपप पारखीहरूसम्मलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
गीतको संगीत संयोजन तथा मिक्स मास्टरिङ रवि सुनार ले गरेका छन् भने भ्वाइस ट्युनिङ कमल थापा ले गरेका छन्। अत्याधुनिक प्रविधि र गुणस्तरीय ध्वनि संयोजनमार्फत गीतलाई अझ उत्कृष्ट बनाइएको निर्माण टिमले जनाएको छ। गीतको रेकर्डिङ O2 स्टुडियो मा गरिएको हो।
त्यस्तै, गीतको भिडियो पनि आकर्षक ढंगले निर्माण गरिएको छ। भिडियोमा करन शाही र प्रिती गुरुङ को अभिनय देख्न सकिन्छ। उनीहरूको जोडीले गीतको भावनालाई जीवन्त बनाएको निर्माण पक्षको दाबी छ। भिडियोको छायांकन गणेश सापकोटा ले गरेका हुन् भने सम्पादन तथा कलर राकेश दाहाल ले गरेका छन्। भिडियो निर्देशन विकास पुन मगर ले गरेका हुन्।
निर्देशक विकास पुन मगर का अनुसार गीत ‘ए साइली’ हिमाल घर्ती मगर युट्युब च्यानल बाट टिजर सार्वजनिक
गरिएको छ भने गितको पूरा भिडियो आइतबार सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ
गीतलाई दर्शक तथा श्रोतामाझ उत्कृष्ट लोकपप कोसेलीका रूपमा प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ।
लोकसंस्कृति, मौलिकता र आधुनिक लोकपप प्रस्तुतिको संयोजन रहेको ‘ए साइली’ गीतले नेपाली संगीत क्षेत्रमा नयाँ ऊर्जा र स्वाद थप्ने विश्वास गरिएको छ। गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल प्लेटफर्ममार्फत व्यापक प्रचारप्रसार गरिने निर्माण टिमले जनाएको छ।
नेपाली कला, संस्कृति र लोकसंगीतलाई माया गर्ने सम्पूर्ण दर्शक तथा श्रोताहरूलाई गीत हेरेर, सुनेर तथा शेयर गरेर साथ दिन निर्माण टिमले आग्रह गरेको छ।।
टिजर को भिडियो लिन्क














